परिचय
डिभिजन बन कार्यालय कालिकोटको परिचय
नेपाल कर्णाली प्रदेश अन्तर्गत मध्यपहाडी क्षेत्रमा अवस्थीत कालिकोट जिल्ला कर्णाली प्रदेशका १० जिल्ला मध्य एक हो। कालिकोट जिल्ला ८१°२८″ पूर्व देशन्तर देखी ८२°०२″ पूर्व देशन्तर सम्म र अक्षासं २९°०५″ उत्तर अक्षासं देखी २९°२८″″ उत्तर अक्षासंसम्म फैलिएको छ ।यो समुन्द्री सतह देखी ७३८ मीटर देखी ४७९० मीटर सम्म अबस्थीत छ ।जुम्ला, अछाम, बाजुरा, मुगु ,दैलेख, र जाजरकोट जिल्लासंग सिमना जोडिएको यस जिल्लाको क्षेत्रफल तथ्याङ्क बिभाग अनुसार १७४१.० वर्ग कि.मी रहेको छ ।यस जिल्लाको तापक्रम अधिकतम १८.६ डिग्री सेल्सिसदेखी न्युनतम ५.६ डिग्री सेल्सिसस सम्म तापक्रम हुने यस जिल्लामा सामान्तया वार्षिक सरदर ६३०मिलीमिटर वर्षा हुने गर्दछ ।यस जिल्लाका ठुला नदीहरुमा कर्णाली र तिला पर्दछन साना नदी खोलाहरुमा तिपगाडा खुलालुगाड वन्चुगाड फाकोटी रेङ्गील सान्नीगाड भर्तागाड खल्लागाड आदी पर्दछन ।त्यसतै प्रसिध्द तालहरुमा त्रीदेबी ताल गडुलरलानिह दह लाके दह पान दह राखेरवाडा दह पर्दछन ।त्यसैगरी प्रमुख पर्यटकीय तथा धार्मिक स्थल तथा मन्दीरमा बडीमालिका मन्दीर चुलिमालिका पुगमालिका मन्दीर महाबु मन्दीर अदी पर्दछन र वन विभागको संगठनात्मक संरचनाभित्र २०४१ सालमा यस कार्यालयको स्थापना भएको थियो । यस कार्यालयको आफ्नै भवन मान्म खाँडाचक्र बजारमा रहेको छ । कालिकोट जिल्ला अन्तर्गत रहेको प्रकृतिक श्रोत साधनको संरक्षण ब्यबस्थापन गर्न डिभिजनल वन अधिकृत, १ सहायक वन अधिकृत र जलाधार अधिकृत सातै तह, ३ सहायक स्तर लेखा ५⁄६ औ ,— १ प्रशासन सहायक स्तर ५⁄६ औ, — १ भु संरक्षण साहेक स्तर ५⁄६,—१ इन्जिनियर साहेक स्तर ५⁄६,—१ फरेष्टर ४⁄५,—२ बनरक्षक, २ कार्यालय कार्यालय सहयागी १ सबारी चालक १ गरी १४ जना कर्मचारी रहेका छन ।

